आईपीएल क्रिकेटमा दिल्लीले पञ्जाबलाई १५ रनले हरायो

 काठमाण्डौँ - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्ग्सलाई १५ रनले हराएको छ ।

गएराति धर्मशालामा भएको खेलमा २ सय १४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन मात्रै बनायो । उसका लियाम लिभिङस्टोनले ९४ तथा अथर्व तैडेले ५५ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । दिल्लीका इशान्त शर्मा र एनरिच नोर्कियाले समान २र२ विकेट लिए । खलील अहमेद र अक्षर पटेलले एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । उसका राइली रोसोउ सर्वाधिक ८२ रनमा अविजित रहे ।

त्यस्तै, पृथ्वी शाले ५४ र डेविड वार्नरले ४६ रन जोडे । पञ्जाबका साम करनले २ विकेट लिए । यो हारसँगै पञ्जाबको प्लेअफ सम्भावना अङ्क गणितीय मात्रै बाँकी रहेको छ । १३ खेलमा १२ अङ्क रहेको पञ्जाब तालिकाको आठौँ र समान खेलमा १० अङ्क रहेको दिल्ली नवौँ स्थानमा रहेको छ ।