विश्वकप क्रिकेट छनोट : कुशल भूर्तेल ९९ रनमा आउट

काठमाडौँ - आइसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा जिम्बाब्वेविरुद्धको जारी खेलमा कुशल भूर्तेल शतकबाट चुकेका छन् । उनी ९९ रनमा आउट भए ।

जिम्बाब्वेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा ओपनर कुशलले उत्कृष्ट ब्याटिङ गरे पनि शतक बनाउन १ रनबाट चुके । उनी मासाकादाको बलमा बोल्ड भए ।
९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए । पहिलो विकेटको लागि कुशल र आसिफ शेखले १७१ रनको साझेदारी गरेका छन्। यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको सबैभन्दा ठुलो साझेदारी हो ।