आईसीसी विश्वकप छनोट सुरु हुँदै : नेपाल र जिम्बावेको खेल आज

 काठमाडौँ - आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजदेखि जिम्बावेमा सुरु हुँदैछ । पहिलो खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ । नेपाली समय अनुसार खेल जिम्बावेको हरारे स्पोर्टस् क्लबमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

अहिलेसम्म नेपाल र जिम्बावेले एउटा मात्र एक दिवसीय खेल खेलको छन् । २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाल १६६ रनले पराजित भएको थियो । आजको खेल जितेर सुखद् सुरुवात गर्ने लक्ष्य नेपालको रहेको छ। जिम्बावेलेसमेत घरेलु मैदानमा हुनलागेको विश्वकप छनोटमा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ ।