नेपालको तेस्रो विकेट खस्यो, ३१ रन बनाएर रोहित आउट

काठमाण्डौँ - आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत जिम्बाब्वेविरुद्ध ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट झरेको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहित २९ बलमा चार चौकासहित ३१ रन बनाएर पभिलियन फर्के । 

त्यसअघि, ओपनर कुशल भुर्तेल ९५ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाएर वेलिङ्टन मसाकाजादाको बलमा बोल्ड हुँदा एकदिवसीय अन्तर्राष्ट्रियमा करिअरको दोस्रो शतक बनाउन एक रनले चुके ।

कुशलसँग कीर्तिमानी इनिङ खेलेका आसिफ एक सय बलमा सात चौकासहित ६६ रन बनाएर मसाकाजादाको बलमा रायन बर्लको हातबाट क्याच भए।

नेपालको इनिङको शानदार सुरुआत गरेका कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान बनाएका थिए।

यसअघि ज्ञानेन्द्र मल्ल र आसिफले बनाएको एक सय ३९ रनको साझेदारीको कीर्तिमान तोडेर एक सय ७१ रनको नयाँ रेकर्ड बनाए।