जिम्बावेविरूद्व कुशलले बनाए अर्धशतक

काठमाडौं - आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

जिम्बावेले टस जितेर बलिङ गरेको पहिले ब्याटिङ गरेका ओपनर कुशलले ६३ बलमा ८ चौका प्रहार गर्दै ५० रन बनाएर क्रिजमा छन् ।

उनको ओडिआई करिअरको छैटौं अर्धशतक हो ।

आसिफ शेख ५७ बलमा २ चौकासहित २९ रनमा क्रिजमा छन् ।