सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एकलाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै बुधवार नगरप्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिएलगत्तै नगरप्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको हो ।