दाँतको समस्या छ ? यी कुरा थाहा पाइराख्नुस्

काठमाडौं - अमेरिको ओन्टारियोमा कार्यरत चिकित्सक डा. लिलियन इभानकोभिक स्वस्थ दाँतका लागि वर्षमा दुई पटक दन्त चिकित्सकका जानै पर्ने सल्लाह दिन्छिन् । उनका अनुसार स्वस्थ हाँसोलाई कायम राख्नका लागि पनि दन्त चिकित्सकका जान जरुरी हुन्छ ।

छ महिनाको फरकमा दन्त चिकित्सकका जादाँ त्यसले तपाईको दाँत तथा हाँसोलाई त स्वस्थ राख्छ नै, दाँतमा अन्य कुनै समस्या भएमा समयमै रोगको पहिचान भई दाँत तथा गिजाको संक्रमण हुनबाट समेत तपाईलाई जोगाउँछ ।

कहिलेकाही दाँतसँग सम्बन्धित नै नभएको समस्या समेत दन्त चिकित्सकका जादाँ पत्ता लाग्न सक्छ ।

दन्त परीक्षण गर्दा मुख, दाँत तथा किरा लागे, नलागेको हेर्न जरुरी हुन्छ । यसले तपाईको दाँत हल्लिएको, भाँचिन लागेको, किरा लागेको अथवा दाँतमा अन्य कुनै समस्या भएको पत्ता लगाउन मद्दत गर्छ । त्यस्तै तपाईको दाँत सफा गरिनुका साथै, पोलिस एवं फल्स गरिन्छ, जसले तपाईको दाँतमा चमक ल्याउँछ ।

यस क्रममा दाँतको सफाइ कसरी गर्ने तथा सही तरिकाले ब्रस कसरी गर्ने भन्ने जानकारी समेत पाइन्छ ।

यसबाहेक, दाँतको उपचार गर्ने क्रममा टाउको तथा घाँटीको, दुखाइ तथा तपाईको बंगाराले कत्तिको चपाउन सक्छ भनेर समेत जाँचिन्छ । यसमा एक्स-रे पनि पर्न सक्छ ।

‘एक्स-रे’ ले सुक्ष्म रुपमा दाँतमा रहेका समस्या पहिचान गर्न मद्दत गर्छ । एक्स-रे ले दाँतको जराको विकास तथा संक्रमण तथा विषाक्तता समेत पहिचान गर्न सघाउ पुर्‍याउँछ ।

विभिन्न अध्ययनहरुले समेत दाँत र शारीरीक विकास बीच गहिरो सम्बन्ध रहेको देखाएको छ । जस्तै, दाँतमा लागेको किरा र मुटु रोगबीच सम्बन्ध रहेको अध्ययनले फेला पारिसकेको छ ।

त्यसैले, समय समयमा गरिने दन्त परीक्षणले तपाई दाँतमा भएको समस्या पत्ता लाग्न सक्छ ।

साथै यसको उपचार पनि चाँडै हुन्छ । समयमा गरिएको दन्त परीक्षण आर्थिकरुपमा पनि किफायती हुन्छ । किराले खाएको दाँतको समयमै उपचार नगरेको खण्डमा त्यसले दाँत निकाल्नु पर्ने, जरादेखि नै निकाल्नु पर्ने र अर्को दाँत हाल्नु पर्नेसम्मको जटिल समस्या उत्पन्न गराउन सक्दछ । यस्तो समस्या जटिल त हुन्छ नै, महँगो पनि हुन्छ ।

यसबाहेक, छ-छ महिनामा गरिएको दन्त परीक्षणले भिटामिनको कमी, क्याल्सियमको कमी, मधुमेह लगायतका समस्या समेत पहिचान गर्न सघाउ पुर्‍याउँछ । जुन, मुखको चेकजाँचद्वारा पत्ता लाग्न सक्छ ।

(यो लेख स्टोन चर्च फेलिमी डेन्टिष्ट्री, ओल्टारियो, अमेरिकाबाट अनुवाद गरिएको हो । )