आज शेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरु कुन-कुन छन् ? 

काठमाडौँ - आज शेयर बजार झिनो अंकले बढेसँगै स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । स्वावलम्बन लघुवित्तको ८७५ रुपैयाँका दरले २१ करोड ७७ लाख रुपैयाँ र शिवम् सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स लगायत अन्य कम्पनीहरुको शेयर कारोबार सर्वाधिक भएको छ ।

शेयर कारोबारको तेस्रो दिन आज सानिमा लार्ज क्याप फण्डको शेयरमूल्य सर्वाधिक ५.१४ प्रतिशतले घटेको छ । त्यस्तै ग्लोबल आईएमई ब्यालेन्सड फण्ड १, सिटिजन म्युचुअल फण्ड १, सानिमा ग्रोथ फण्ड, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयरमूल्यमा गिरावट आएको छ ।