यू–१९ विश्वकप एसिया छनोट क्रिकेट आयोजना गर्दै नेपाल

 नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेट एसिया छनोट–२०२५ को आयोजना गर्ने भएको छ । आउँदो अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिता आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार, छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।