टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर सोमबारदेखि प्रारम्भिक सुनुवाइ हुने

भिडियोमा आधारित सामाजिक सञ्चालन टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ। टिकटक बन्द गर्ने निर्णय गरेपछि अदालत खुलेको पहिलो दिन शुक्रबार सर्वोच्चमा रिट निवेदन   दर्ता भएका छन्  । 

सामाजिक सद्भाव बिगारेको भन्दै कात्तिक २७ मा  बसेको मन्त्रीपरिषदको बैठकले  नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियोे । नेपाल दुरसञ्चार प्राधिकरणले सोही दिनदेखि बन्द गराएको थियोे ।

टिकटक बन्द गराउने कानुनी आधार नभएको भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु सरिता थापा, सुनिल रञ्जन सिंहलगायतले मन्त्रीपरिषदको निर्णय अन्तरिम आदेश बाट बदरको माग गरी सर्वोच्चमा रिट दायर गरेका हुन् । सोमबारदेखि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ।