आजको शेयर बजार : १५ अंकले बढ्यो नेप्से, कारोवार रकम कति ? 

 काठमाडौँ - आज सेयर बजार १५.१३ अंकले बढेको छ । वृद्धिपछि १९२० अंकमा नेप्से कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १२ को स्थिर रह्यो । 

कारोबार रकम जम्मा ८६ करोड ८२ लाख रुपैयाँ भयो । मंगलबार ८७ करोडको कारोबार भएको थियो । सबैजसो उपसमूह बढेका छन् । बैंकिङ ९, विकास बैंक ४४, फाइनान्स १८, होटल तथा पर्यटन १९, जलविद्युत् २२, जीवन बीमा ६३, उत्पादन १५, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ७०, अन्य ६ र ब्यापार उपसमूह २३ अंक बढे ।

कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.५ र धौलागिरि लघुवित्तको मूल्य ६.७ प्रतिशत बढ्यो । आदर्श लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।