पेट्रोल ढुवानीमा ट्यांक ट्रक लकिङ सुरू

 बारा - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ट्यांक ट्रक लकिङ प्रणालीको शुभारम्भ गरेका छन् ।
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय परिसरमा मन्त्री रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा ताल्चा लगाएर ट्यांक ट्रक लकिङको शुभारम्भ गरेका हुन् ।

२०७५ साल अगाडि निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा ट्यांक ट्रकहरूमा लिड सिल प्रयोग गर्ने गरेको थियो । २०७५ साउन १ गतेदेखि निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्याक्टरहरुमा इण्डियन आयल कर्पोरेशनले प्रयोगमा ल्याए बमोजिमको सिङ्गल लकिङ सिस्टम अनुसार एउटा ताला लगाई पेट्रोलियम पदार्थ आयात गर्दै आइरहेको छ ।

हाल अमलेखगञ्जबाट स्टक ट्रान्स्फर भइ अन्य स्थानमा जाने ट्यान्करहरूमा पनि लक गरी पठाउने गरिएको छ ।