एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदीलाई ३०१ रनले हरायो, यो सँगै नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा प्रवेश

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।