सुन काण्डमा मुछिएपछि मन्त्रालय तानिए लमजुङका सिडिओ

काठमाडौं । सुन तस्करीमा संलग्न आरोपीसँग निकट सम्बन्ध देखिएपछि गृह मन्त्रालयले लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ उमाकान्त अधिकारीलाई मन्त्रालय तानिएको छ। सुन काण्डमा सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ आएकोले अधिकारीलाई निगरानीमा राख्न सिफारिस गरेको आधारमा गृह मन्त्रालय झिकाइएको गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले मंगलबारनै लमजुङ जिल्लामा गृह मन्त्रालयका  सहसचिव बुद्धबहादुर गुरुङलाई खटाएको छ ।