आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

 नेपाली बजारमा आइतबार (वैशाख ७) सुनचाँदीको मूल्य स्थिर छ । शुक्रबार (वैशाख ५) निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ कायम छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।