आईपीएल क्रिकेटमा राजस्थानले पन्जाबलाई ४ विकेटले हरायो

काठमाण्डौँ - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराएको छ ।

गएराति हिमाञ्चल प्रदेशको धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका देवदत्त पडिक्कल र यशस्वी जैसवालले अर्धशतक बनाए । पडिक्कलले ५१ र जैसवालले ५० रन जोडे । शिमरोन हेटमारले ४६ रन बनाए ।

पन्जाबका कागिसो रवाडाले २ तथा साम करन, अर्शदिप सिंह, नाथन एलिस र राहुल चहारले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । उसका साम करनले अविजित ४९ रन बनाए । त्यस्तै जितेश शर्माले ४४ तथा शाहरुख खानले अविजित ४१ रन जोडे ।

राजस्थानका नवदीप सैनीले तीन विकेट लिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १र१ विकेट लिए । जितसँगै राजस्थानको १४ खेलमा १४ अंक भएको छ । राजस्थान तालिकाको पाँचौ स्थानमा छ । समान खेलमा १२ अंक रहेको पन्जाब आठौँ स्थानमा छ ।