महोत्तरीबाट १०७ किलो गाँजासहित एक व्यक्ति पक्राउ

 

महोत्तरीबाट १०७ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । सर्लाहीको पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादव सोमबार दिउँसो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीका अनुसार औरही नगरपालिका ८ टिम्कियामा बीआर ३० एएच २३८८ को भारतीय नम्बर प्लेटको कारलाई चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।

कारको डिक्कीमा लुकाएर लैजाँदै गरेको अवस्थामा २० वटा पोकामा रहेको १०७ किलो ४८५ ग्राम गाँजा बरामद भएको मुडभरीले बताए ।प्रहरीले यादवका साथै ओसारपसारमा प्रयोग भएको कार पनि नियन्त्रणमा लिएको छ । यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।