आजको शेयर बजार, नेप्से २६.५६ अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अंकले घटेर ३८८.०२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रिम स्थानमा छ । यसको आज २० करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।