'संसद अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमति गर्नुको विकल्प छैन' : सभामुख घिमिरे

काठमाडौँ - सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् । 
आइतबार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउनेकुरामा अड्किएको बताए । 

सभामुख घिमिरेले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए । उनले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद अवरोध हट्ने बताए ।