नेपाल प्रहरीले इन्सपेक्टर र असईमा भर्ना खुलायो, विज्ञापनसहित हेर्नुहोस

नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको छ। इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ ।

police-1697765582.jpg