आज शेयर बजार १ अङ्कले बढ्याे

११ दिनपछि खुलेकाे शेयर बजार आज साेमवार एक अङ्कले बढेकाे छ । तिहार र अन्य बिदाका कारण गएकाे कात्तिक २३ गतेपछि आज खुलेकाे शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेकाे छ ।

आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र अन्यबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, विकास बैंक र व्यापार समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ । आज ग्लाेबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज फरवार्ड माइक्राेफाइनान्स लघुवित्त र सयपत्री जलविद्युतकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ ।

आज ३३ लाख १९ हजार कित्ता शेयर एक अर्ब नाै कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे सात कराेड ३६ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।