सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयले बुधबार ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको जानकारी दिएको छ । संसदीय विशेष सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेसँगै राष्ट्रपति पौडेलले न्यायाधीशमा नियुक्त गरेका हुन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।