सीआइबीले थाल्यो काङ्ग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, सांसद विनोद चौधरीमाथि अनुसन्धान अघि बढाएको छ। सीआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा चौधरीमाथि अनुसन्धान गरिरहेको सूचना प्रतिनिधिसभाका सभामुखलाई बुधबार पत्रसमेत पठाएको छ।

काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी  जग्गाको कागजात किर्ते गरी निजी बनाएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो  सीआइबीले छानबिन गरिरहेको हो। यस अघि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सीआइबीले विनोदका भाइ अरुण चौधरीसमेतलाई माघ १८ गते पक्राउ गरेको थियो ।