सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज आइतबारलाई तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा आज मुद्दाको पेशी रहेको छ ।

गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन । बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ ।