म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन

काठमाण्डौँ - म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ ।

उपाधि होडमा रहेको आर्सनल गएराति भएको खेलमा पराजित भएसँगै सिटी तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन च्याम्पियन बन्यो ।

दोस्रो स्थानमा रहेको आर्सनलले अब एक खेल मात्रै खेल्न बाँकी छ ।

यो खेलमा जिते पनि अहिले सिटी ४ अंकले अघि छ । उसले खेल्न बाँकी तीन वटै खेल हारे पनि च्याम्पियन बन्नेछ ।

सिटीले आज चेल्सीसँगको खेलपछि प्रिमियर लिगको उपाधि प्राप्त गर्नेछ ।

गएरातिको खेलमा आर्सनल नटिङघम फरेस्टसँग १–० गोलले पराजित भयो ।

खेलको पहिलो हाफमा ताइओ एवोनियीले गरेको गोल नै निर्णायक बन्यो । आर्सनल ३७ खेलमा ८१ अंकका साथ दोस्रो स्थानमा छ ।

गएराति भएका अरु खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथलाई १–० गोलले हरायो । 

त्यस्तै लिभरपुल र एस्टन भिल्ला तथा उल्भ्स र एभर्टनले १–१ गोलको बराबरी खेले । 

फुलहम र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेले । ब्रेन्टफोर्डले टोटनहमलाई ३–१ गोलले हराएको छ ।