सन्दीप लामिछानेको मुद्दामा अन्तिम फैसला गर्न थप प्रमाण चाहियो, फेरि के माग्यो अदालतले ? 

काठमाडौा - जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा पीडितको बारेमा थप प्रमाण बुझ्ने आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले पीडितको जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट जन्मदर्ताको अभिलेख र उनको जन्म भएको भनिएको अस्पतालबाट जन्मदर्ताको दर्ता किताब झिकाउने आदेश दिएको हो ।

यसअघि वडा कार्यालयले अदालतमा पठाएको जन्मदर्ताको विवरण पीडितले नागरिकता बनाउँदाको अभिलेखसँग नमिलेको पाइएको थियो । त्यस्तै पीडितको जन्म भएको अस्पतालबाट पेश भएको भनिएको प्रमाणमा समेत पीडित पक्षले प्रश्न उठाइरहेका छन् ।