प्रहरीको स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरे डाँडातर्फ !

 काठमाडौँ - प्रहरी स्कर्टिङमा काठमाडौँबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो । 

बञ्चरेडाँडा आसपासका स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै विगत पाँच दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन् । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौँमा फोहोर बढ्न पुगेको छ ।