रोल्पामा चट्याङबाट वडा सदस्यको मृत्यु

रोल्पा - पूर्वी रोल्पामा बिहीबार चट्याङ पर्दा सुनछहरी गाउँपालिका–३ का वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको छ ।

आफ्नो भाईको घरमा सुतेका बेला बिहीबार राति साढे ९ बजेतिर परेको चट्याङबाट उनको ज्यान गएको प्रहरीले जनााएको छ ।