समाजवादी मोर्चाले सबै प्रदेशमा घोषणा सभा गर्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाले प्रदेश स्तरीय घोषणा सभा गर्ने भएको छ । आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले यही भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।

नेकपा एसका नेता प्रमेश हमालका अनुसार मधेस प्रदेशको वीरगञ्जमा ८ गतेवाट सुरु हुने प्रदेश सभा क्रमश भदौं १२ गते लुम्बिनीको बुटवल, भदौं १३ गते सुदूरपश्चिमको धनगढी, भदौं १४ गते कर्णालीको सुर्खेत, भदौं १५ गते गण्डकीको पोखर, भदौं २३ गते बागमतीको हेटौँडा र भदौं २५ गते कोशीको विराटनगरमा घोषणा सभा गरिनेछ ।