ललिता निवास प्रकरण : बाबुराम भट्टराईले सिआईबीलाई  दिएको बयानमा के छ ? 

 काठमाडौँ - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन् ।

उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीलाई बयान दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले सिआईबीलाई उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको उल्लेख गरेका छन् ।

सोमबार बिहान ट्वीटरमा लेख्दै भट्टराईले भनेका छन्ः

ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ९ सीआइबी ० लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु१ यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।