नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्धारा डा. सम्बुद्ध भट्टाचार्य पक्राउ

त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक डा.  सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा भट्टाचार्यलाई पक्राउ गरेको हो ।

प्रहरीले केही बेरमा घटनाबारे पत्रकार सम्मेलन गरी औपचारिक रूपमा जानकारी दिने तयारी गरेको छ ।