मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने बागमती कांग्रेसको निर्णय, सदन भने अनिश्चित !

काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद छिरिङ दोर्जे लामाले जानकारी दिए । ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको छ । तर, २ दिनपछि हामीले भनेका छौँ,’ उनले भने ।

बैठकमा संसदीय दलका नेता बहादुर सिंह लामाले यही ब्रिफिङ्ग गरेको लामाले बताए । ‘गठबन्धन दलबाट बनेको मुख्यमन्त्रीलाई विश्वासको मत दिने नै हो, तर पर्याप्त छलफलपछि दिने हो,’ संसदीय दलका नेता लामालाई उद्धृत गर्दै लामाले बताए ।

मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिने प्रयोजनसहित आज दिउँसो ३ बजेका लागि सदन आह्वान गरिएको थियो । तर, कांग्रेस सांसदहरू काठमाडौंमै रहँदा सदन अनिश्चित भएको छ । यसमा संसद् सचिवालयले केही जानकारी गराएको छैन ।