इन्डियन प्रिमियर लिग  : गुजरातसँग हारेसँगै बेङ्गलोर प्रतियोगिताबाट बाहिरियो, मुम्बई प्लेअफमा

 काठमाण्डौँ - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलोरलाई ६ विकेटले हराएको छ । यो हारसँगै बेङ्गलोर प्रतियोगिताबाट बाहिरिएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ ।

१ सय ९८ रनको लक्ष्य पाएको गुजरातले ५ बल बाँकी छँदै लक्ष्य भेट्टायो । गुजरातका लागि शुभमन गिलले शतक बनाए । उनले सर्वाधिक १ सय ४ रन बनाए । यस्तै विजय शंकरले ५३ र रिद्धिमान साहले १२ रन बनाए । बेङ्गलोरका मोहम्मद सिराजले २ विकेट लिए भने विजयकुमार वैश्यक र हर्शल पटेलले १र१ विकेट लिए ।

वर्षाका कारण हिजो आइतवार राति ढिलो गरी सुरु भएको खेलमा बेङ्गलवोरले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो । बेङ्गलोरका लागि विराट कोहलीले शतक बनाए । उनले १ सय १ रन जोडे तर टिमलाई जिताउन सकेनन् । यस्तै बेङ्गलोरका फाप दु प्लेसिसले २८, माइकल ब्रेसवेलले २६, अनुज राउतले २३ र ग्लेन म्याक्सवेलले ११ रन जोडे । गुजरातका नुर अहमदले २ विकेट लिए भने मोहम्मद शामी, यश दयाल र राशिद खानले १र१ विकेट लिए ।

योसँगै मुम्बईमा पुग्नै चार वटै टिमको टुङ्गो लागेको छ । अब चेन्नईमा हुने क्वालिफायर १ मा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्नेछन् भने इलिमिनेटरमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्नेछन् ।