रवि लामिछानेका वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि उनका वकिलहरूले बहस सकेका छन् । हेर्दाहेर्दैमा रहेको यो रिटमाथि सुनुवाइका लागि नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ ।

रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेसँगै बिहीबार उनीपक्षका वकिलका बहस सकिएको हो । अहिले छविलाल जोशीका तर्फबाट बहस सुरु हुँदै छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले उनको तर्फबाट बहस गर्नेछन् । न्ययाधीशले आजै सक्ने गरी बहसमा समय विभाजन गर्न भनेका छन् । बहस सकिएपछि आजै आदेश आउने सम्भावना छ । रविको बन्दी प्रत्यक्षीकरण रिट यसअघि ६ पटक हेर्न नमिल्नेमा परेको थियो ।