काठमाडौंका यी ५० ठाउँमा आज ८ घण्टा लोडसेडिङ हुने

 काठमाण्डौँ - आज शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ८ घण्टासम्म ‘लोडसेडिङ’ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार, टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ५५ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ ।

पहिलो चरणको सबस्टेसन निर्माण सम्पन्न गर्न टेकु सबस्टेसनको इनकमर-१ प्यानल तथा दुईवटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ । 

यस क्रममा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ । निर्माण कार्य बिहान ८ः३० देखि अपराह्न ४ः३० सम्म हुने भएकाले प्रभावित क्षेत्रमा ८ घण्टासम्म लोडसेडिङ हुन सक्ने प्राधिकरणले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुने समयः बिहान ८ः३० देखि अपराह्न ४ः३० सम्म ।