आज २० अंकले बढ्यो सेयर बजार

आज २३ अंकले घटेको सेयर बजार बुधबार भने २०.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८५० विन्दुमा कायम भएको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोडको कारोबार भयो ।

कुल १९५ कम्पनीको मूल्य बढ्दा ४० को मात्रै घट्यो भने ३ को स्थिर रह्यो । सबै उपसमूहका सूचक बढेका छन् । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढ्यो ।

अंकका आधारमा वाणिज्य बैंक समूह ३, विकास बैंक ६, फाइनान्स २०, होटल तथा पर्यटन १६७, जलविद्युत् ४५, जीवन बीमा १०९, उत्पादन ८७, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा १२२, अन्य २५ र ब्यापाार उपसमूह २८ अंक बढे ।

बुद्धभूमि हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र माथिल्लो मैलुङखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.७, पिपुल्स हाइड्रोपावरको ९.४, सोनापुर मिनरल्सको ८.६ प्रतिशत मूल्य बढ्यो ।