नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा

काठमाण्डौँ - यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण बजार अलमलमा देखिएको हो ।

साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो । विहीवार भने बजार केही अंकले बढेको छ ।
जेठ ३२ गते बिहीबार २०४२.०७ अंकमा पुगेको नेप्से परिसूचक यो साताको पहिलो दिन आइतबार २०९४.४० बिन्दुमा पुग्यो । यो सातामा सर्वाधिक उचाइमा नेप्से आइतबार नै पुगेको हो, जुन झण्डै २१ सय हाराहारी हो ।

यो वृद्धिले निरन्तरता भने पाउन सकेन आगामी आर्थिक वर्षको बजेटले सेयर बजारलाई सकारात्मक सन्देश दिएको र अर्थमन्त्रीले पनि सेयर बजारका विवादित विषयहरूमा प्रष्टीकरण दिएकाले लगानीकर्ताको मनोबल बलियो बनेको विश्लेषण भएको थियो । 

लगानीकर्ताले मनोबल बढेको भन्दै गर्दा सोमवारदेखि पुनः नेप्से परिसूचक घट्न थाल्यो । सोमबार २०९१.४० विन्दुमा पुगेको नेप्से परिसूचक मंगलवार २०६४.८३ र बुधवार २०५०.७९ मा भन्यो । साताको अन्तिम कारोवार दिन बिहीबार भने परिसूचक २०५५.५३ विन्दुमा पुगेको छ । यो समाचार कारोबार दैनिकमा छ ।