नेपाल–भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

जनकपुरधाम - नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ । मोटरसाइकलमा सवार दुई जना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गए राति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।

महिलाको पहिचान खुलेको छैन् ।