देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वर्षा हुने अधिकांश स्थानमा भने मध्यम वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी क्षेत्रका तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।