गेष्ट हाउसमा महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौंमा २२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई  टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरन्जन बुढाथोकी पक्राउ परेका हुन्।

उनलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले  बुधबार बिहान पक्राउ गरेको हो। उनले ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा महिलामाथि बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।