आज वैशाख १२ गते, गोरखा भूकम्पको आज नवौँ स्मृति दिवस

आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए भने २२ हजार जना भन्दा धेरै घाइते भएका थिए ।

अघिल्लो पुस्ताले धेरै चर्चा गर्ने १९९० सालको भूकम्पसँगै तुलना गरिएको २०७२ सालको भूकम्पवाट लाखौँ मानिस घरवारबिहीन भएका थिए । धेरै सार्वजनिक भवन तथा सम्पदाहरुमा पनि क्षति पुग्यो । 

गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर अर्को ठूलो भूकम्प गयो । यो भूकम्पमा परी एक सय ५६ जनाले ज्यान गुमाए । ती क्षेत्रमा अहिले पनि अस्थायी आवास निर्माणको काम पुरा भएको छैन ।