बागमती प्रदेश सभा बैठक बस्दै, प्रि-बजेटबारे छलफल हुने

हेटौंडा - बागमती प्रदेश सभाको बैठक आज बुधबार बस्दैछ ।

मकवानपुरको हेटौंडा-१० स्थित प्रदेश सभा भवनमा बिहान ११ बजे बस्ने बैठकमा प्रि-बजेटबारे छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

मंगलबारबाट सुरु भएको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका थिए ।

आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।