साफ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दै

 काठमाडौँ - नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत भारतको सामना गर्दै छ । खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियमामा नेपाल इसम्य अनुसार राति ७:४५ बजेदेखि हुदैछ ।

नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ३-१ को हार बेहोरेर प्रतियोगिताको शुरुवात खराब गरेको छ । त्यस्तै भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ । नेपाल र भारतबीच अहिलेसम्म कुल २३ खेल भएका छन् । अहिलेसम्म भारतले १६ खेल जितेको छ भने नेपालले केवल २ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिदै छन् ।