बैतडीमा पहिरोले घर पुरेपछि आमा-छोराको मृत्यु

काठमाडौँ - बैतडीको पुर्चौडी नगरपालिका–२ भैरु टोलमा घरमाथिबाट आएको पहिरोले पुरिएपछि आमाछोराको मृत्यु भएको छ भने ३ घाइते भएका छन्। मृत्यु हुनेमा भैरु टोलकी २४ वर्षीया अञ्जु जागरी र चार वर्षीय रिजन जागरी रहेको बैतडी प्रहरीले बताएको हो ।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिरोले पुरिँदा भित्र सुतिरहेका आमाछोराको मृत्यु भएको हो। पहिरोमा पुरिएर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले पुष्टि गरे ।