आज यी जिल्लाका नदीमा बाढीको पूर्वानुमान

काठमाडौँ - भारी वर्षाका कारण आज देशका केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।   

इलाम, झापा, सप्तरी, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोकका नदी तथा खोलामा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै रसुवा, नुवाकोट, काठमाडौँ उपत्यका, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, पाल्पा, रोल्पा, दैलेख, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोटी, कैलाली, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने  महाखाले जनाएको छ ।

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य बढ्ने बताइएको  छ ।