आज बागमती र कर्णालीको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज बागमती र कर्णालीको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

आज बागमती र कर्णालीसहित गण्डकी र सुदूरपश्चिमका पहाडी भागमा तथा अन्य प्रदेशको तराइका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णालीका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । कतै कतै हावाहुरीको पनि सम्भावना छ । गएराति रुकुम र जाजरकोटमा सबैभन्दा धेरै ५४.६ मिलिमिटर वर्षा मापन भएको छ ।