सेयर बजार हरियाली, ६२.२१ अंकले बढ्यो नेप्से

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार हरियाली छाएको छ। आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६४ अंकले बढेर ३९५.४५ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट  अग्रिम स्थानमा छ। यसको आज ४९ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।