नेप्से २००४ विन्दुमा, एक अर्ब ५६ करोडको सेयर कारोबार

 धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार ५.८९ अंक घटेर बन्द भएको छ । यस दिन नेप्से ०.२९ प्रतिशत घटेर २००४.४५ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।  

यसदिन एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार भने दुई अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । पछिल्ला दिनमा सेयर कारोबार रकम भने घट्दै गएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार भने तीन अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

माई खोला हाइड्रो पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । शुभम् पावर लिमिटेड र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आइतबार पनि शुभम् पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको थियो ।

आइतबार कारोबारमा आएका धितोपत्रहरूमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको सात करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र हाइड्रोपावर समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक ०.९२ प्रतिशतले बढेको छ ।  म्युचुअल फण्ड समूहको परिसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ ।