काठमाण्डौं। जाँचबुझ आयोगले जेन-जी आन्दोलनका घटनामा संलग्न उच्च पदस्थ अधिकारीहरूलाई फौजदारी अनुसन्धान तथा विभागीय कारबाही गर्न गरेको सिफारिस सार्वजनिक भएको छ।
१. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली , गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई मुलुकी अपराधसंहिता , २०७४ को दफा १८१ ( लापरबाही ) र (हेलचक्र्याइँ) अनुसार अनुसन्धान र अभियोजनका लगि नेपाल सरकारलाई सिफारिस गरेको छ । चार घण्टाभन्दा बढी गोली चलिरहँदा रोक्न कुनै प्रयास नगर्नु नै प्रमुख आधार हो।
२. गृहसचिवलगायतका चार पदाधिकारीविरुद्ध हेलचक्र्याँएए अन्तर कारबाहीको सिफारिस , तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी , सशस्त्रका महानिरीक्षक राजु अर्याल , राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाण्डौं जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्द दफा १८२ अनुसार कारबाही चलाउन सिफारिस गरिएको छ।
३. नेपाल प्रहरीका पाँच जना अधिकारीविरुद्द विभागीय कारबाहीको सिफारिस : नेपाल प्रहरीका एआईजी सिद्धविक्रम शाह , डीआईजी ओमबहादुर राना, एसएसपी विश्व अधिकारी , एसएसपी दीप शम्शेर र इन्स्पेक्टर ऋषिराम कँडेललाई प्रहरी ऎन र नियमावली बमोजिम कारबाहीको सिफारिस गरिएको छ।
४. सशस्त्रका तीन प्रहरी आधिकारीविरुद्द कारबाहीको सिफारिस : अपरेसन कमान्डर नारायणदत्त पौडेल , वाहिनीपति सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसीलाई सशस्त्र प्रहरी ऎन र नियमावली बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ।
५. हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध विभागीय कारबाहीको सिफारिस : काठमाण्डौं उपत्यका प्रहरीका प्रमुखको रूपमा हतियार र प्रहरी कार्यालयलाई सुरक्षित राख्न नसकेको पृष्ठभूमिका आधारमा प्रहरी नियमावली अनुसार नसियत दिन सिफारिस गरेको छ।
६. चार महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा चुकेका सेनाका अधिकारीविरुद्ध कारबाही गर्न सिफारिस : राष्ट्रपति भवन शीतल निवास , प्रधानमन्त्री निवास बालुवाटार , सिंहदरबार सचिवालय र संसद भवनको सुरक्षार्थ खटिएका चार नेपाली सेनाका कमान्डरहरु - मनोज बैदवार , दिवाकर खड्का , गणेश खड्का र सन्तोष ढुंगेललाई सैनिक ऎन बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ।
७. टीओबी समूहविरुद्ध फौजदारी अनुसन्धान गर्न सिफारिस : भाद्र २३ को प्रदर्शनमा मोटरसाइकलमा आइ प्रदर्शनकारीलाई उक्साई हिंसा भड्काउने टीओबी समूहका व्यक्तिहरुविरुद्ध फौजदारीसंहिता अनुसार अनुसन्धान र कारबाही गर्न सिफारिस गरेको छ।
८. भाद्र २४ गतेको हिंसाको विस्तृत अनुसन्धान गर्न सिफारिस : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा भेटिएको रकमसहित २४ गतेको व्यापक आगजनी , लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरुको पहिचानका लगि सीसीटीभी फुटेज, बिहाइन्ड द सिन डेटा र अन्य डिजिटल सामाग्रीको आधारमा गहन अनुसन्धान गर्न सिफारिस गरिएको छ।
९. राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकारीविरुद्ध कारबाही गर्न सिफारिस : सहि समयमा सूचना संकलन गरी सूचना नदिएको कारण उपत्यका अभियान महाशाखाका सहनिर्देशक कृष्णप्रसाद खनाल र काठमाण्डौं जिल्ला प्रमुख रिवेनकुमार गच्छदारलाई विशेष ऎन र नियमावली बमोजिम कारबाही चलाउन सिफारिस गरिएको छ।
१०. साहसी प्रहरी , नागरिक र घाइते आन्दोलनकारीलाई पुरस्कारको ब्यवस्था गर्न सिफारिस : भाद्र २३ र २४ को जिन- जी आन्दोलनमा आफ्नो ज्यान जोखिममा राखेर प्रहरी कार्यालय र हतियार बचाउने ६ जना प्रहरी अधिकारी र आन्दोलनकारीबाट प्रहरीको ज्यान जोगाउने २ जना नागरिकलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ। गोली लागेर घाइते हुँदाहुँदै एम्बुलेन्सको स्ट्रेचरमा बसेरै एमबीबीएसको परीक्षा दिई उतीर्ण भएकी एकता शाहलाई छात्रवृत्तिमा भर्ना गराउन सिफारिस गरिएको छ।
प्रतिक्रिया