RBB

जनकपुरका पत्रकार वृजकुमार यादवसहित तीन जनाले बोलपत्रको सूचना लुकाइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

जनकपुरका पत्रकार वृजकुमार यादवसहित तीन जनाले बोलपत्रको सूचना लुकाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवका साथै धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र लेखा अधिकृत सुमनकुमार पुरीविरुद्ध मुद्दा दायर गरेको हो।  

पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैयाँको फर्जी बिल तयार पारेको आरोप छ। धनुषाको बटेश्वर गाउँपालिकाका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा बोलपत्र आह्वानको सूचना लुकाएको आरोप अख्तियारले लगाएको छ। पाँच वर्षअघि यादवले विज्ञापन प्रकाशित गरेको भनी ६ लाख ४४ हजार रुपैयाँको बिल तयार पारेको आरोप छ।